Sajhamanch Archive

ए डिभिजन लिग फुटबलमा एपीएफको जित

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटो ललितपुरमा मंगलबार भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो ।

जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो ।

जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले निर्णायक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । तर १५ औं मिनेटमा एनआरटीले खेल बराबरी गर्‍यो ।

उसका लागि राजेश परियारले गोल गर्न सफल भए । तर त्यसपछि दुबै टिमबाट गोल भएन र पहिलो हाफ एक एक गोलको बराबरीमा सकाएका थिए ।

दोस्रो हाफमा भने एपीएफ खेलमा फर्कन सफल भयो ।

डी बक्स भित्र एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरे पछि पेनाल्टी मार्फत निर्णायक गोल सम्भव भएको हो ।

पेनाल्टीलाई सुदीप सिखरकारले गोलमा परिणत गर्दै ७३औं मिनेटमा एपीएफलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि थप गोल नभए पछि एपीएफले छैटौ चरणको खेलसम्म दोस्रो जित आत्मसाथ गर्न सफल भयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *