आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
Published:
by .काठमाडौं । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको सटही दर केही घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रिदर १० रुपैयाँ २३ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ०७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ९८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
उज्यालो
Comments