Sajhamanch Archive

जिब्रोले निधार छुन्छन यी नेपालीले (भिडियोसहित)

Published: in रोचक कुरा / टिप्स by .

 उर्लाबारीका एक व्यक्ति आफ्नो निकै अचम्मको क्षमताका कारण अहिले देश विदेशमा चर्चित छन् ।

आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले पूरै नाक छोप्न सक्छन् भने जिब्रोले आँखीभौं चाट्न सक्छन् ।

जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा कटुवालको एक साथीले सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् ।

स्कूलका ड्राइभर उनलाई कामका बेला आफ्नो कला नदेखाउन सचेत गराइएको छ । उनलाई यसो गरेको देखेर विद्यार्थीहरु डराउने गरेको उनले भिडियोमा बताएका छन् ।

‘बच्चाहरु मलाई देखेर भाग्छन् । मेरो छेउमा पर्दैनन्,’ उनले भने ।

‘बच्चामात्र होइन, मैले यस्तो गरेको देखेर ठूलाले पनि होस् गुमाउन सक्छन् ।’

‘यदि मैले हरर फिल्ममा काम गर्ने मौका पाएँ भने दर्शकलाई डराउन अन्य कलाकारलाई झैं मलाई मेकअपको आवश्यकता पर्दैन । ’

मानिसहरुको नकारात्मक प्रतिक्रियाले आफूलाई केही पनि फरक नपार्ने उनी बताउँछन् । उनी भन्छन्, ‘म यस्तै छु, यसैमा म राम्रो देखिन्छु ।’ यति भन्दै उनले पुनः तल्लो ओठले आफ्नो नाक छोपे ।

यस्तो अद्भूत क्षमताका कारण उनी आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुने आशामा छन् ।

उनको भिडियो खिच्ने पुस्कर नेपाल भन्छन्, ‘उनी शारिरिक र मानसिक रुपमा स्वस्थ छन् । निधारलाई चाट्न सक्ने आफ्नो क्षमताबारे उनलाई निकै सानो उमेरमा थाहा भयो ।’

‘उनको एउटा मात्र दाँत छ, त्यसैले पनि उनले यस्तो गर्न सकेका हुन् । उनको यो क्षमता निकै अचम्मको छ तर अद्भूत पनि ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *