Sajhamanch Archive

आज स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं  । आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनको स्वर सम्राटको उपाधि पनि पाइका थिए ।

विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए।

उनले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाएका छन ।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन्।

नारायण गोपाल संगीत कोषले प्रत्येक वर्ष उनको स्मृति दिवसका दिन विभिन्न सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *