Sajhamanch Archive

संरचना निर्माण नभएकाले ठूला आयोजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिएन स् अर्थमन्त्री

Published: in विविधा by .

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले संरचनासमेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन्।

अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुनेबित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि सारे ।

बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार सेवा प्रवाहको काममा प्रतिकूल असर पर्न नदिन पनि सरकारले प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनको कामलाई क्रमिक रुपमा हस्तान्तरण गर्दै लैजाने व्यवस्था गर्नु परेको पनि स्मरण गराए ।

बैठकमा समितिका सदस्यहरुले वित्तिय स्रोत किन प्रदेश र स्थानीय तहका लागि पर्याप्त व्यवस्था नगरेको भन्दै मन्त्री खतिवडालाई प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री खतिवडाले स्थानीय तह क्रमशः व्यवस्थित हुँदै जाने र त्यसपछि उनीहरुलाई सबै वित्तिय स्रोत हस्तान्तरण गर्ने सरकारको योजना रहेको पनि बताए।

अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेशमा देखिएको करसम्बन्धी विवाद समाधान गर्न आगामी आईतबार अन्तरसरकारी समन्वय परिषदको बैठक बोलाइएको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले बैठकमा स्थानीय र प्रदेश सरकारको बजेट खर्चबारे पनि समीक्षा हुने बताए ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्र संविधानले व्यवस्था गरे अनुसारका सबै वित्तिय स्रोत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसक्ने दावी पनि गरे।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *