Sajhamanch Archive

शहीद स्मारक ए डिभिजन लीग : आर्मी र फ्रेण्ड्स भिड्ने

Published: in खेलकुद by .

काठमाडौं । शहीद स्मारक ए डिभिजन लीग फुटबलमा आज छैटौं चरणका अन्तिम दुई खेल हुँदैछन्। बिहिबार विहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।

लिगमा अपराजित रहेको आर्मीले अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा जित र एक बराबरी गरेको छ। १३ अंकसहित तालिकाको चौथो स्थानमा रहेको आर्मी आजको खेल जिते तालिकाको दोस्रो स्थानमा पुग्नेछ। पाँच खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स क्लब तालिकाको १० औं स्थानमा छ। त्यस्तै बिहिबार नै हुने अर्को खेलमा ब्रिगेड ब्वाइज र मछिन्द्र क्लब आमने–सामने हुनेछन्।

मछिन्द्र क्लबले अहिलेसम्म एउटा पनि खेल जितेको छैन भने ब्रिगेड ब्वाइजले पाँचमध्ये एक खेल मात्रै जितेको छ। ३ अंकसहित ब्रिगेड ब्वाइज तालिकाको १२ औं स्थानमा रहँदा दुई खेल बराबरी गरेर २ अंक मात्रै जोडेको मछिन्द्र तालिकाको १३ औं स्थानमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *