Sajhamanch Archive

रुसले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता तोडेको नेटोको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिएका छन् ।

पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो ।

राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गरेका छन् । उनले अन्य केही देशले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौताविपरित हतियार उत्पादन गरिरहेको जिकिरसमेत गरे ।

राष्ट्रपति पुटिनले अमेरिकी साझेदारहरुमा परिस्थिति धेरै परिवर्तन भएकाले आफुहरुसँग पनि मध्यम दुरीको हतियार हुनुपर्ने ठान्न थालेको बताए । यसको सहज प्रतिक्रियास्वरुप रुसले पनि मध्यम दुरीको परमाणु हतियार बनाउने राष्ट्रपति पुटिनको भनाइ छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसकै कारणले सम्झौताबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *