Sajhamanch Archive

शिवसताक्षीका ढुङ्गानाको घरमा अनौठो चोरी

Published: in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ शिवचोक निवासी केशवप्रसाद ढुंगानाको घर फेडेर गएराति लाखौं रुपैयाँको धनमाल चोरी भएको छ ।

सताक्षीधाममा लागेको मेला हेर्न तथा सतविज छर्न बुधबार साँझ ढुङ्गाना परिवार घरमा ताला लगाएर गएका थिए । तर घरको छतमा जाने सिँढीको ढोका फोडेर भित्र पसेर चोरले सुनको गहना ४ तोला ६ आना, झर्के थाल ६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित करिब तीन लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुराणबाट ढुंगानाको परिवार बिहीबार बिहान घर आउँदा घरमा रहेको धनमाल चोरी भएको थाहा पाएको जनाइएको छ । परिवारले तत्कालै इलाका प्रहरी कार्यालय झिलझिलेलाई घटनाबारे खबर गरेकाले जानकारी पाउनासाथ झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएइको छ ।

स्थानीयका अनुसार घरमा मान्छे भए नभएको जान्ने नजिककै चोरले यस्तो कार्य गरेको आशंका गरिएको छ । यद्यपी प्रहरीले अनुसन्धान सुरु गरेकाले आफूहरुले थाहा पाएसम्म सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *