Sajhamanch Archive

आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु  

Published: in टिप्स/जानकारी by .

काठमाडौं । आजदेखि १६ औँ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० सुरु हुँदैछ ।

महोत्सवमा ३१ देशका ७२ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ ।

एशोसिएनका अनुसार महोत्सवका लागि ६१ देशका ४ सय भन्दा धेरै चलचित्र र वृत्तचित्रले आवेदन दिएकोमा ३१ देशका ७२ वटालाई छनोट गरिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा हुने प्रदर्शनीमा विभिन्न विधामा चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनुका साथै विभिन्न विधामा प्रतिस्पर्धासमेत हुनेछ ।

आउँदो बुधबारसम्म चल्ने चलचित्र महोत्सबका लागि यसपटक नारी र उनीहरुका सफलताको विषयलाई प्राथमिकता दिइएको छ । नेपाल पानारोमा विधामा २१ वटा नेपाली चलचित्र र वृत्तचित्र मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ विभिन्न देशका १४ ओटा चलचित्र रहेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ बिना प्रतिस्पर्धाका ३६ ओटा चलचित्र तथा वृत्तचित्र रहेका छन् ।

शुक्रबार हुने उद्घाटन समारोहमा अस्ट्रेलियाकी निर्देशक जेनिफर पीडमले निर्देशन गरेको वृत्तचित्र ‘माउन्टेन’ को स्पेशल स्क्रीनिङ हुनेछ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *