Sajhamanch Archive

आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

Published: in टिप्स/जानकारी by .

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ ।

चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।

चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो ।

अहिले पनि देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउँछन् ।

चलचित्रको आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ ।

चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायत काकलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण आई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ ।

चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भूमिका निर्वाह गरेका छन् ।

यता नायिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन, नम्रता र निश्चलकै वरिपरि घुमेको छ ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *