फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण
Published:
by .पाँचथर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ ।
नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ ।
अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार रकम प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । यस्तै, दीर्घरोगी अन्तरगत किड्नी, मुटु र क्यान्सर रोगीका लागि १० हजार देखि २० हजार रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराइरहेको नगरपालिका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।
१४ वटा वडा रहेको फिदिम नगरपालिकाले यो कार्यक्रम सबै वडामा लागु गरेको नगरपालिकाका मेयर नेम्बाङले बताउनुभयो ।
जेष्ठ नागरिकलाई औषधी उपचारबापतको रकम प्रदान गर्न नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
उज्यालो
Comments