Sajhamanch Archive

विराटनगरलाई दोस्रो सफलता

Published: in खेलकुद by .

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० तेस्रो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध पहिलो व्याटिङ गरिरहेको ललितपुरले दोस्रो विकेटका रूपमा भारतीय क्रिकेटर गौरव तोमरलाई गुमाएको छ ।

खेलको पाँचौँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका भान डेर मेरवेको बलमा सुमित महर्जनले क्याच आउट गरेका छन् ।

सुमितले विराटनगरका लागि पहिलो विकेटका रूपमा ओपनिङ व्याट्सम्यान जयकिसन कोल्सावालालाई पनि क्याच गरेका थिए ।

खेलको पहिलो ओभर बलिङ गर्न आएका विराटनगरका बलर करण केसीले कोल्सावालालाई पवेलियन फर्काएका हुन् ।

ललितपुरले खेलको ७ ओभर सकिँदा ३३ रन बनाएर खेलीरहेको छ । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्ल १२ र पवन शराफ १२ रनमा खेलीरहेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *