Sajhamanch Archive

मेडिकलको शौचालयमा नवजात शिशुको शव फेला

Published: (Updated: ) in समाज by .

सुनसरी । धरान–११ मंगलबारे चोकस्थित एक मेडिकल रहेको घरको शौचालयमा शनिबार नवजात शिशुको शव फेला परेको छ ।

प्रहरीले अनुसन्धानकालागि मेडिकल संचालक ३५ वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको छ ।

मंगलबारेचोक चौकको विष्णुपादुका मार्ग बस्ने शुक्रबहादुर तामाङको घरको शौचालयमा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शव हेर्दा करिब ६ महिनाको शिशु रहेको अनुमान गरिएको छ ।

ढकालले नै आफ्नो मेडिकल हलले प्रयोग गर्ने शौचालयमा शिशुको शव फेला परेको जानकारी प्रहरीलाई दिएका थिए ।

शव फेला परेपछि प्रहरीले ढकाललाई केरकार गर्दा आफूलाई केही थाहा नभएको बताएका थिए ।

प्रहरीले उक्त मेडिकल हलमा पैसा लिएर अवैधरुपमा असुरक्षित गर्भपतन गराएको हुनसक्ने आशंका गरेको छ ।

डिएसपी सुमन तिम्सिनाले भने, ‘शौचालयमा नवजात शिशु फाल्ने महिलालाई दुईघण्टा भित्रमा उपस्थित गराउन भने पनि नल्याएपछि ढकाललाई अनुसन्धानकालागि हिरासतमा राखेको हो ।’

थप अनुसन्धानकालागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान थालेको डिएसपी तिम्सिनाले बताए ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *