Sajhamanch Archive

मिस वर्ल्ड–२०१८ को टप–१२ बाट बाहिरिइन् श्रृंखला

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं  । मिस वर्ल्ड–२०१८ की नेपाली प्रतिस्पर्धी शृंखला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छन् । चीनको सान्यामा जारी मिस वल्र्ड–२०१८ को फिनालेमा उनी उत्कृष्ट ३० बाट उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् ।

तर एसियाबाट थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकानले नेपाललाई पछि पार्दै टप ५ मा परिन् । भारतकी सुन्दरी भने उत्कृष्ट १२ मा पनि परिनन् ।

विभिन्न ५ समूहमा विभाजन गरी मिस वल्र्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो । अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका थिए ।

यस्तै मिस वर्ल्ड भने मेक्सिकाेकी भेनेसा पाेन्स् भएकी छन् । रनर अप थाइल्याण्डकी निकाेलिनी भइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *