Sajhamanch Archive

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ५८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *