Sajhamanch Archive

अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु

Published: in राष्ट्रिय समाचार by .

 

काठमाडौं । अन्तरप्रदेश समन्व्य परिषदको बैठक सिंहदरबार काठमाडौंमा सुरु भएको छ।

बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा भइरहेको पछिल्लो समन्वय र वर्तमान अवस्थाका बारेमा छलफल हुनेछ।

बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघका सबै मन्त्रीहरु, प्रदेशका सबै मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव, केन्द्रका मुख्य सचिव, केन्द्रका सचिव, महालेखा निरिक्षक लगायतको सहभागिता छ।

प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीहरूले जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोन गर्ने कार्यक्रम छ। अन्तरप्रदेशको यो पहिलो बैठक हो।
थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *