Sajhamanch Archive

जग्गा मिचेको आरोपमा सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी

Published: in समाज by .

धनुषा । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं। ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ ।

नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं। २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो ।

महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै आएका हौं । अहिले आएर नेपाली सेना पिल्लर गाडेको । हामीले भन्दा टेर्दैनन्, उनीहरु राति, दिउँसो जतिबेला मन लाग्यो सयौंको संख्यामा आएर पिलर गाड्छन् तर हाम्रो कुरा मान्दै मान्दैनन् ।’

स्थानीय घुरन महतोका अनुसार सितली देबी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठा जग्गामा सेनाले जवरजस्ती पिलर गाडेको हो ।

स्थानीयहरुले नेपाली सेनाले गाडेको पिलर तुरुन्तै उखेल्न चेतावनी दिँदै पिलर नउखिलिए संघर्षको कार्यक्रम अन्तर्गत आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पूर्खौदेखि किसाननगरका स्थानीय किसानहरुले जोतभोग गर्दै आएको सोही स्थानको २ सय ८२ विघा जग्गाको लालपुर्जा स्थानीयले माग गर्दै आएको समयमा ऐलानी जग्गामा प्रदेश २ को पृतना स्थापनाका लागि सरकारबाट हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणपछि नेपाली सेनाको पृतना स्थापनाको क्रममै हाल स्थानीय किसानहरुको जग्गामा सेनाले पिलर गाडेको हो ।

यता आफ्हरुको नम्बरी जग्गामा सेनाले पिलर गाडेको बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीलाई जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखे ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीले सेनाले फूटबल ग्राउण्डका लागि ऐलानी जग्गाको आफूसँग स्वीकृति मागेपनि कसैको नम्बरी जग्गामा कब्जा गर्न नपाइने र गरेको भए त्यसलाई हटाउन लगाइने बताए ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *