अर्थमन्त्री खतिवडाको राजीनामा माग
Published: (Updated: )
by .काठमाडौं । शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् ।
राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।
तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिनुभयो । शेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ती जनाउँदै अर्थमन्त्री खतिवडाकोसमेत राजीनामा माग गरेका हुन् । नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाइ छ ।
समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन् । यस अघि सेयर लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ ।
समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्याउनुपर्ने लगायतका १० बँुदे माग राख्दै अनसन सुरु गरेको हो । समूहले सेयर बजारलाई सहज बनाउने अभियानमासाथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान पनि गरेको छ ।
उज्यालो
Comments