Sajhamanch Archive

चीनको चन्द्र अभियान दुनियाँकै सबैभन्दा फरक

Published: in राष्ट्रिय समाचार by .

अहिले अमेरिका, युरोप, रुस तथा भारतलगायत दुनियाँका केही अन्य देश चन्द्रमासँग सम्बन्धित विभिन्न जानकारी खोज्ने क्रममा छन् ।

यसको लागि विभिन्न अभियानहरु सञ्चालनमा आएका छन् । यसै क्रममा चन्द्रमाको सतहको अध्ययन गर्नको लागि चीनले शनिबार एक ल्याण्ड रोवरको प्रक्षेपण गरको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्हवालाई उद्धृत गर्दै पीटीआईले प्रक्षेपण गरेको यो रोवरको नाम चांगी–४ भएको बताएको छ ।

पौराणिक चिनियाँ कथा अनुसार चन्द्रमालाई चांगई देवीको रुपमा पूजा गरिन्छ । चीनको अन्तरीक्ष एजेन्सीले यो ल्याण्ड रोवरलाई शिचांग प्रक्षेपण केन्द्रस्थित मार्च–३ बी रकेटको साथ अन्तरीक्षमा पठाएको हो ।

यो रोवर अन्तरीक्षमा नयाँ वर्ष अर्थात सन् २०१९ सम्म पुग्ने अपेक्षा गरिएको छ । बाँकी देशका अभियानको तुलनमा चीनको यो प्रयास एकदमै फरक छ ।

यो पहिलो पटक हो जुन धर्तीबाट चन्द्रमामा पठाएको कुनै पनि उपकरण चन्द्रमाको त्यो सतहमा पुग्नेछ जुन भाग पृथ्वीबाट देखिँदैन । अहिलेसम्म पठाएका सबै उपकरणहरु पृथ्वीबाट देखिने ठाउँमा मात्र प्रक्षेपण हुने गरेका थिए ।

वैज्ञानिकका अनुसार पृथ्वीतर्फ फर्केको चन्द्रमाको भाग समतल छ । यसकारण यो ठाउँमा यस्ता उपकरणहरु उत्रन सजिलो हुने गर्छ । यसको ठिक विपरित चन्द्रमाको चन्द्रमाको अर्कोपट्टिको भूभागमा भने खाल्डाखुल्डी भएको पाइएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *