Sajhamanch Archive

पानी को उत्पति बारे रोचक तथ्य : पानी कहाँबाट आयो ?

Published: in विविधा by .

काठमाडौं । युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्।

‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक दिनेश भुजुले ढिलोगरी मात्र विज्ञानलाई दर्शनसँग जोडिएको बताए।

‘विज्ञान, समाज, दर्शन एक अर्कासँग जोडिन जारुरी छ’, भुजुले भने, ‘एक अर्कामा जोडिएमा त्यसको नतिजा उत्कृष्ट हुन्छ।’

पानीबाट कहाँबाट आयो रु भनेर हामीले चिन्तन गर्नु विज्ञानमा दर्शन भएको उनको भनाई छ। ‘पानी पृथ्वी भन्दा पुरानो छ।

ग व्याङ भन्दा पनि पुरानो छ। मानिसको शरिरमा पनि पानी छ,’ उनले भने,‘यसका डाइमेन्सनबारे चिन्तन गर्नु विज्ञानमा दर्शन हो।’

विज्ञान प्रविधिसँग जोडिएपछि दैनिक जीवनमा उपयोगी हुने उनको भनाई छ।

‘पानी एक सय डिग्रीमा उमालेपछि जिवाणु मर्छन भन्ने विज्ञान हो’, उनले भने, ‘तर पानीलाई उमाल्नु प्रविधि हो।’

उनले पानीको उदाहरण दिँदै विज्ञानलाई प्रविधि र दैनिक जीवनसँग जोड्ने विषयमा प्रष्ट पारे।

युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले फरक सन्दर्भमा आविष्कार बस्तुहरु आजको समयमा आउँदा विभिन्न सन्दर्भमा प्रयोग भइरहेको बताए।

उनले सेनाको लागि निर्माण भएका इन्टरनेट र ड्रोनको उदाहरण दिँदै यसलाई प्रष्ट्याए। डिफल्टमा फल्ट पत्ता लगाउन सकेपछि त्यो नयाँ हुँदै जाने उनको भनाई छ। जहिले पनि विज्ञान तीन कुराबाट प्रभावित हुने उनले बताए।

दोब्रायाउनु व्यान्ड तोड्नु ब्रेक र मिसाउनु व्लेन्ड विज्ञानमा नयाँ कुरा पैदा गर्ने बताए।

कमलादी स्थित युनिग्लोव कलेजमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न कलेजका विद्यार्थीहरुले बनाएका विज्ञानसँग सम्वन्धित सामाग्रीहरु समेत प्रदर्शनमा राखिएको छ।

सम्मेलनमा विज्ञानसँग सम्वन्धित विषयमा विज्ञहरुसँग प्यानलमा छलफलका कार्यक्रम समेत राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *