शिक्षक युनियन झापाको नयाँ कार्य समिति चयन
Published: (Updated: )
by .भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन झापाको चौथो अधिवेशनले होमराज खतिवडाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
झापाको दमकमा सम्पन्न अधिवेशनले ३ वर्षे कार्यकालका लागि खतिवडाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा दुर्योधन सिंह, उपाध्यक्षहरूमा क्रमशः युवराज दाहाल, भवानीशंकर उप्रेती विजय क्षेत्री र भावना निरौला छनौट भएका छन् । यसैगरी सचिवमा रेवतीरमण खनाल, कार्यालय सचिव काजी श्रेष्ठ, सहसचिव प्रमोद खतिवडा, टंक अधिकारी, पदम गजुरेल, कोषध्यक्ष राजन निरौला र सहकोषाध्यक्ष अनिल आचार्य चयन भएका छन् । सदस्यहरुमा क्रमशः सिताराम सुवेदी, दावादोर्जे तामाङ, पवन मोते, रमा सुवेदी, लिला कटुवाल, विकास अधिकारी लगायत रहेका छन् ।
त्यसैगरी भद्रपुर नगर संयोजकमा द्रोण अधिकारी चयन भएका छन् । नगर सदस्यहरूमा क्रमशः मानबहादुर राई, गोविन्द मेचे, मिनकुमकार अधिकारी, देवीप्रसाद सुवेदी, उषा देवान, रीता प्रधान लगायत दश सदस्यीय समिति गठन गरिएको हो । अधिवेशनले शिक्षा ऐनको मपदण्ड अनुरूप संस्थागत विद्यालय शिक्षकका हक हकधिकार कार्यान्ययन गर्न विद्यालय सञ्चालकसित माग समेत गरेको छ । शिक्षा ऐनले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालय सञ्चालक सकारात्मक भइ कार्यान्वयनका चरणमा सहयोगी बन्न अनुरोध समेत गरेको छ ।
Comments