Sajhamanch Archive

भद्रपुरमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यार्थी लक्षित लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसनको विरुद्धको एकदिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाको आयोजना तथा एबीसी नेपाल झापाको आयोजनामा भद्रपुर माविमा सम्पन्न कार्यक्रममा विद्यालयतहका १५० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी महिला तथा बालबालिका शाखा प्रमुख जीवनकला राउत, लागू औषध सम्बन्धी वडा प्रहरी कार्यालयका विकास भट्टराई, नैतिक शिक्षा सम्बन्धी हरिभक्त दाहालले सहजीकरण गरेका थिए ।
एबीसी नेपालकी झापा शाखा संयोजक कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने, सामाजिक शाखा संयोजक मित्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु राखेका थिए ।

कार्यक्रमकमा स्वागत तथा औचित्यमाथि एबीसी नेपालकी संयोजक कञ्चना ढकाल सिटौलाले प्रकाश पारेको कार्यक्रमको सञ्चालन एबीसी नेपालकी सचिव देवीका बस्नेतले गरेकी थिइन् ।

एबीसी नेपालले विगत केही महिनायता सामुदायिक विद्यालयका विद्यार्थी केन्द्रीत लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *