श्रमजीवि पत्रकारको पारिश्रमिक निर्धारण भएपनि कार्यान्वयनमा चुनौति
Published: (Updated: )
by .बिर्तामोड । न्यूनतम पारिश्रमिक निर्धारण समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल पत्रकार माहासंघ झापाल सोमबार झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
न्यूनतम पारिश्र्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासचिव विवेक गौतम नेपाल पत्रकार महासंघ प्रदेश एक अध्यक्ष विक्रम लुइटेल, महासचिव रमेश विष्ट तथा झापाका विभिन्न मिडिया सञ्चालक, तथा मिडियामा कार्यरत पत्रकारको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल राजपत्रमा नेपाल सरकारद्धारा तोकेको न्यूनतम पारिश्रमिक अनुसार राष्ट्रिय मिडियाका श्रमजीवि पत्रकारको २४ हजार ३ सय ६५रुपयाँ, राष्ट्रिय मिडियाका श्रमजीवि कामदारको १८ हजार रुपयाँ, सञ्चार प्रतिष्ठानका श्रमजीवि पत्रकारको १७ हजार ६सय २५, सञ्चार प्रतिष्ठानका श्र्रमजीवि कामदारको १५ हजार ६ सय २५ रुपयाँ तोकेको छ ।
त्यस्तै राट्रिय मिडियामा स्ट्रिञ्जर गर्न पत्रकारको प्रति समाचार रेडियोको हकमा २५०, पत्रपत्रिकाको हकमा २८२, टेलिभिजनको हकमा ७५० निर्धारण गरेको छ । अन्य सञ्चार प्रतिष्ठानको हकमा भने प्रति समाचार रेडियोमा १८८, पत्रपत्रिकामा १८८, तथा टेलिभिजनमा ७५० रुपयाँ निर्धारण गरेको नेपाल सरकारका निमित्त सचिव रामचन्द्र ढकालले जारी गरेको नेपाल राजपत्रको सूचनामा उल्लेख गरिएको छ ।
नयाँ ऐन अनुसार जारी गरिएको न्यूनतम पारिश्रमी पत्रकारलाई उपलब्ध गराउँन नसक्ने मिडिया हाउसलाई अब निगरानी गर्ने पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताए । उनले पत्रकारले पर्याप्त समय दिएर रचनात्मक काम गरी अगाडि बढ्नु पर्ने जानकारी दिए ।
अब सरकारले तोके अनुसारको न्यूनतम पारिश्र्रमिक पाउँन पत्रकारले खोजमुलक तथा निष्पक्षीाय रुपमा कलम चलाएर पर्याप्त समय दिएर पनि तोकेअनुसार पारिश्र्रमिक नदिएको भए तत्काल नेपाल पत्रकार महासघं प्रदेश कमिटिलाई खबर गर्न तथा स्थानिय कमिटिलाई जानकारी गराउँन अध्यक्ष लुइटेलले आग्रह गरे ।
Comments