बिस्कुटलाई सुन भन्दै बेच्न खोज्ने दुई युवालाई प्रहरीले समात्यो
Published:
by .काठमाडौँ । बिस्कुटलाई सुन भन्दै बेच्न खोज्ने दुई युवालाई प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दै गरेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङ रहेका छन् । नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दैै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताए ।
Comments