अगामी बजेटमा बृद्धभत्ता ५ हजार बनाउँछौंः अध्यक्ष दाहाल
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी बजेटमा बृद्धभत्ता बढाउने बताउनुभएको छ ।
उहाँले केपी ओली नेतृत्वको सकारको विकल्प नभएको पनि बताउनुभएको छ । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आएको उहाँले बताउनुभयो । ‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौ’ उहाँले बताउनुभयो । अर्को चुनावअघि बृद्धभत्ता ५ हजार पुग्ने उहाँले बताउनुभयो ।
कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाटमा सरकारले अपेक्षाकृत सफलता नगरे भन्दै तर विकल्प नभएको बताउनुभयो । ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो’ उहाँले भन्नुभयो ।
सरकारले भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेपनि तार्किक निश्कर्षमा पुर्याउन नसकेको दाहालले बताउनुभयो । ‘किन हुन सकेन हामीे समीक्षा गर्दैछौंं’ उहाँले भन्नुभयो ।
वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम सकारात्मक भएको उहाँले बताउनुभयो । ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको छ, दशकौंदेखिको डुबान समस्या, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता भएको छ, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको छ । यो दुई तिहाई सरकार भएकै कारणले मात्र हो’ उहाँले भन्नुभयो ।
Comments