पानीघट्टामा जारी गोल्डकपको अन्तिम क्वाटर फाइनलमा न्यू स्टार क्लव काँकरभिट्टा विजयी
Published: (Updated: )
by .काँकरभिट्टा । दार्जिलिङको पानीघट्टामा जारी गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा न्यू स्टार क्लव काँकरभिट्टा विजयी भएको छ ।
पानीघट्टा गेम्स एण्ड स्पोर्टस एशोसिएशनद्धारा आयोजित प्रतियोगिताको उक्त खेलमा एम.एम.एफसी निरपानीयाँ भारतलाई न्यू स्टारले सडन डेथमा पाखा लगाएको हो ।
कडा प्रतिस्पर्धा भएको सो खेलको पहिलो र दोस्रो हाफ अवधिभर गोल हुन नसकेपछि गोलरहित टुँगिएको थियो । खेल अवधिभर दुवै टिमका खेलाडीले गोल गर्न नसक्दा निर्णयका लागि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा दुवै टिमका खेलाडीले समान ५÷५ गोल गरेपछि खेलको अन्तिम निर्णय सडन डेथबाट लिइयो ।
सडन डेथमा दुवै टिमबाट ७÷७ जना खेलाडीले गोल प्रहार गरेकामा प्रतिष्पर्धी एम.एम.एफसीका खेलाडीको प्रहारलाई न्यू स्टारका गोल रक्षकले रोकेपछि ६–७ ले न्यू स्टार विजयी बनेको हो ।
न्यू स्टारका तर्फबाट अंकुर तामाङ, हिसुब थपलिया, सनम राई, मिलन राई, सुशील मगर, सुदीप श्रेष्ठ र रमन भूजेलले गोल गरेका हुन् । न्यू स्टारका टिम म्यानेजर महेश सरकारका अनुसार यहि डिसेम्बर १४ तारिखमा हुने क्वाटर फाइनल खेलमा न्यू स्टार र रोलिङ क्लव धुलाबारीबीच प्रतिष्पर्धा हुनेछ ।
पानीघट्टा खेल मैदानमा गत डिसेम्बर २ तारिखदेखि सुरु भई २३ तारिखसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ वटा फुटबल क्लवले भाग लिएका छन् ।
सो प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ८० हजार भारतीय रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष जितमान तामाङले जानकारी दिए ।
Comments