पुष ११ मा नेविसंघ झापाको अधिवेशन
Published: (Updated: )
by .बिर्तामोड । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेविसंघ जिल्ला कोषाध्यक्ष भवानी काफ्लेका अनुसार बैठकले अधिवेशनको तयारीको लागी जिल्लाभरिका स्कुल र क्याम्पसहरुमा पनि अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्लाका १५ वटै स्थानीय तहहरुमा पनि अधिवेशन गरी जिल्ला अधिवेसन गर्ने निधो गरिएको उनले जानकारी दिए ।
स्थानीय तहको अधिवेशन आगामी पुष ३ गते हुनेछ भने स्कुल र क्याम्पसहरुको अधिवेशन ५ गते तय गरिएको छ । जिल्लाको अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि केन्द्रीय सहमहामन्त्री कृष्ण कार्की झापा आइसकेका छन् ।
यसैवीच आज मंगलवार संघको जिल्ला अधिबेशन थप व्यवस्थित गराउन विर्तामोडस्थित संघको कार्यालयमा पार्टीसंग समन्वय बैठक समेत बस्ने कोषाध्यक्ष काफ्लेले जनाएका छन् । बैठकले जिल्ला भित्रका गाँउ,नगरसहित विद्यालय र क्याम्पसहरुमा जिल्ला प्रतिनिधि खटाउने बताइएको छ ।
यस्तै, नेविसंघको जिल्ला अधिबेशन सम्पन्न गर्न कांग्रेस महासमिति सदस्य देउमान थेवेलाई जिम्मेवारी तोकेको पनि बताईएको छ ।
Comments