Sajhamanch Archive

रोटाभाइरसबाट बच्न सावधानी अपनाउनुहोस्

Published: in स्वास्थ्य by .

काठमाडौं ।  जाडो महिनामा बालबालिकामा रोटाभाइरसका कारण संक्रमण हुने सम्भावना रहेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । रोटा भाइरसले खास गरी पाँच वर्षमुनिका बालबालिकालाई बढी प्रभावित पार्छ । फोहोरमैला, पानी वा खानाका कारण फैलने रोटाभाइरसबाट झाडापखाला लाग्छ ।

यसले बालबालिकाको ज्यानै जाने जोखिम हुने भन्दै बच्चालाई छुनुअघि र केही खुवाउनु पहिले साबुन पानीले राम्रोसँग हातधुने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

पाँच वर्षसम्म बालबालिका हिँडडुल गर्ने र जे पायो त्यही मुखमा हाल्ने हुँदा उनीहरूमा यो भाइरस छिटो प्रवेश गर्छ । संक्रमित बच्चाले खोक्दा समेत रोटाभाइरस अरुलाई सर्ने भएकोले उनीहरुलाई तत्काल डाक्टरकोमा लैजान उहाँको सुझाव छ ।

पातलो दिसा भए, कोखामा हाने, ज्वरो आए, बान्ता भएमा घ्यार घ्यार गरेमा हेलचेक्राई नगर्न आग्रह डाक्टर पुनको सल्लाह छ । रोटाभाइरसको संक्रमणबाट बच्न पाइने खोप नेपालका केही निजी अस्पतालमा मात्र पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *