झापा प्याब्सनको अध्यक्षमा उप्रेती
Published: (Updated: )
by .कमल । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मिप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा उप्रेतीले २२१ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका वहाँका निकटतम प्रतिद्वन्दी श्रवण पोख्रेलले ७८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गौरीमान फागोले २३१ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा अजय आले मगरले १७७ चन्द्र प्रकास राई १९८ र रामहरी घिमिरेले १९६,मत प्राप्तगरी विजय भएको संयोजक गोविन्द लम्सालले जानकारी दिए ।
समितिको सचिवमा जनार्दन ढकालले १३२ , कोषाध्यक्ष छात्र कार्की १९७ सहसचिवमा कृष्णप्रसाद तिवारी १९३, गंगाप्रसाद निरौला १९५, प्रेमकुमार श्रेष्ठ २२५ र हरीकृष्ण पाठक १९३ सह कोषाध्यक्षमा उपेन्द्र निरौलाले २२४ मत प्रप्तगरी निर्वाचित हुनु भएको लम्सालले बताए ।
सदस्यमा जिवन थापा मगर, झगेन्द्र खतिवडा, डम्बर खड्का, धनपति नेपाल, धरणीरस मैनाली, डिल्लीप्रसाद चापागाई र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनु भएका छन् ।
३ सय २६ जना सदस्य रहेको प्याव्सन झापामा ३ सय ३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
Comments