Sajhamanch Archive

प्रदेश मन्त्री कार्की भन्छन्ः ‘पैसा भएर पनि खर्च गर्नै पाइएन’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारसँग प्रसस्त पैसा भएर पनि खर्च गर्न नपाएको गुनासो गरेका छन् । प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ अभ्यास भएको तथा इतिहास र अनुभव नभएका कारण अप्ठ्यारोमा रहेको पनि उनले जिकिर गरेका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक, बिर्तामोड शाखाको उद्घाटन मंसीर २६ गते भएको समारोहका प्रमुख अतिथि रहेका प्रदेश मन्त्री कार्कीले भनेका छन्, ‘संघीय सरकारका मन्त्रीहरुलाई टिभीमा हेर्ने हो, हामी प्रदेशका मन्त्रीलाई छुनमात्र होइन जनताले गाली गर्न पनि पाउँछन् ।’  (हेर्नुहोस् संलग्न भिडियो फुटेज)

बैंक सञ्चालक समितिका अध्यक्ष तारानाथ निरौलाको अध्यक्षतामा आयोजित शाखा कार्यालय उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक गोपालप्रसाद काफ्ले, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेललगायतले आ–आफ्ना धाराणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *