Sajhamanch Archive

मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । भारतको कर्नाटक राज्यस्थित एक मन्दिरको प्रसाद खाने कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७० जना बिरामी भएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका थिए । प्रसाद खाएलगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो । घटनापछि प्रहरीले प्रसादको नमूना संकलन गरेर जाँचका लागि पठाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *