Sajhamanch Archive

‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई

Published: in टिप्स/जानकारी by .

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

शुक्रबार कतारको सनैयामा रहेको एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा अधिकारीले उपाधि जितेका हुन् ।

प्रतियोगितामा चारजना प्रशिक्षकको प्रत्येक टिमबाट अन्तिममा एक एक जना टप ४ मा पुगेका थिए ।

टप ४ मा टिम दीपबाट सीडी विजय अधिकारी, टिम अभयाबाट कुशल आचार्य, टिम सनुपबाट सप्तक दुतराज र टिम प्रमोदबाट श्रीजय थपलिया पुगेका थिए ।

‘द भ्वाइस अफ नेपाल’को विजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

साथै उनले रेनोको कार, वर्ल्ड टुर र २० लाख बराबरको एल्बम सम्झौता पनि प्राप्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *