Sajhamanch Archive

आजबाट अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं। नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको जनाएको हो । यसअघि, ‘वार्सा’ महासन्धि लागू हुँदै आएको थियो ।

‘नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने’

मन्ट्रियल महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सन्जीब गौतमले बताए ।

महासन्धिमा विमान चढ्दा, ओर्लंदा र सवार रहँदा यात्रीको मृत्यु भएमा वा चोटपटक लागेमा पाउने क्षतिपूर्तिको मात्रा बढाइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था ९आइकाओ०को मन्ट्रियल महासन्धि १९९९ मा न्यूनतम् अनिवार्य बिमा दायित्वको रकम सीमा तोकिएको छ ।

जसअनुसार दुर्घटनाबाट यात्रीको मृत्यु, चोटपटक लागेमा एक लाख १३ हजार १०० एसडीआर अर्थात् एक लाख ५८ हजार ३४० अमेरिकी डलर पाउनेछ ।

यसअघि, वार्सा र हेग अभिसन्धिअनुसार २० हजार अमेरिकी डलरमात्र दायित्व रहेको थियो ।

महासन्धिले उडान ढिलाइ भएमा क्षतिपूर्ति, व्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति पनि तोकेको छ ।

व्यागेजको नोक्सानी भएमा एक हजार १३१ एसडीआर क्षतिपूर्ति यात्रीले पाउनेछन् भने एअरलाइन्सका कारणले यात्रा ढिला भएमा एक यात्री बराबर चार हजार ६९४ एसडीआर क्षतिपूर्ति एअरलाइन्सले तिर्नुपर्नेछ ।

यस्तै, कार्गो नोक्सानी, ढिला वा हराएमा एक किलोको १९ एसडीआर कार्गो एअरलाइन्सले तिर्नुपर्नेछ ।

यो महासन्धि अनुमोदन गर्ने नेपाल १३५औं राष्ट्र हो ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *