Sajhamanch Archive

ठूला भारु नोट बोक्ने पक्राउ गर्ने निर्णय सरकारी राष्ट्र बैंकमा पुगेन

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । तपाईंसँग १ सयभन्दा ठूला दरका भारतीय नोट छन् भने होसियार १ २ सय, ५ सय र २ हजार दरका भारतीय नोट बोक्नुभए तपाईं जेल सजायको भागिदार पनि हुन सक्नुहुनेछ ।

सरकारले १ सयभन्दा ठूला दरका सबैखाले भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ । २ वर्षअघिको राष्ट्र बैंकको निर्देशनले ५ सय र २ हजार दरका भारतीय मुद्राका नोट नेपालमा नचल्ने बनाएको थियो । तर, साथमा लिएर भारत भने जान सकिन्थ्यो ।

तर, सरकारको पछिल्लो निर्णयले ५ सय र २ हजार दरका नोटमात्र होइन, विमुद्रीकरण ९डिमनिटाइजेसन०पछि भारत सरकारले कारोबारमा ल्याएको २ सय दरको नोट बोक्नु पनि अवैधानिक मान्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार पहिले डिमनिटाइज ९विमुद्रीकरण० भएका ५ सय र १ हजार दरका नोट सटही भएका छैनन् । ती नोटको विकल्पमा रुपमा भारतले सो बेला ल्याएको ५ सय र २ हजारका नोट पनि बोक्न नपाउने व्यवस्था थियो । तर, केही समयपछि भारतीय सरकारले २ सय दरका नोट पनि निकालेको थियो । बाह्रखरीसँग कुरा गर्दै ढुंगानाले भने, “सरकारले सबैखाले ठूला नोटमाथि प्रतिबन्ध गरेको हो ।”

सरकारले प्रतिबन्ध गरेपछि अहिले सर्वसाधारणसँग रहेको नोट के गर्ने त रु भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “५ सय र हजारका नोट पहिले पनि चल्दैनथे । सरकारको यो कडाइसँगै अबदेखि २ सय, ५ सय र २ हजारका नोट साट्न त परै जाओस्, बोक्न पनि पाइँदैन ।”

२ वर्षअघि भारतमा डिमनिटाइजेसन भएपछि नेपाल राष्ट्र बैंकले प्रतिबन्धित पुराना नोटको विकल्पमा भारत सरकारले ल्याएको ५ सय र २ हजारको दरका नोटहरु तत्कालका लागि नेपालमा नचल्ने बताएको थियो । भारत सरकारले २ हजार र २ सयका नोट नेपालमा चलाउनका लागि भारतले फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्ट ९फेमा० सम्बन्धी सूचना जारी गरेको थिएन । भारतीय रिजर्भ बैंकले विदेशी विनिमयसम्बन्धी परिपत्र नगरेका कारण नयाँ नोट चलेका थिएनन् ।

त्यसबीचमा नेपालका केही बैंकहरुले ५ सय र २ हजारका भारतीय नोट साट्ने गरेका थिए । नेपाली मुद्राको स्थानमा भारु लिनुपरे बैंकहरुबाट ५ सय र २ हजारको नोट पाइने गरेको थियो ।

अहिले फेरि सरकारले १ सयभन्दा ठूला दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन, नबोक्न र नराख्न नेपाल राष्ट्र बैंकमार्फत् सर्वसाधारणलाई आग्रह गरेको हो ।

गत सोमबार ९मंसिर २४ गते० बसेको मन्त्रिपरिषद् बैठकले ती नोट ‘खोटो’ भएको निर्णय गरेको थियो । निर्णयमा भनिएको छ, “भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।” सो सम्बन्धी निर्णय बिहीबारमात्रै सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

हाल सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रमा भारतीय नोट प्रशस्त हुनसक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाएका थिए ।

यता, सरकारले सोमबार नै ठूला दरका भारतीय नोट नेपालमा नचल्ने निर्णय गरेपनि सो निर्णय नेपाल राष्ट्र बैंकमा भने शुक्रबारसम्म पुगेको छैन । सरकारको निर्णयको बारेमा राष्ट्र बैंकका प्रवक्ता तथा निर्देशक नारायण पौडेलसँग जिज्ञासा राख्दा उनले सोसम्बन्धी निर्णय आइनसकेको जनाए । उनले भने, “५ सय र २ हजारको नोट पहिलेदेखि नै चलेको छैन ।

सरकारको यो निर्णयप्रति म आफैं अनभिज्ञ छु ।” प्रवक्ता पौडेलले पनि सरकारको निर्णय पत्रिकामै पढेको बताए । सरकारको निर्णय शुक्रबार पनि आफूसम्म आइनपुगेकोले र यसबारे आइतबारमात्र केही बोल्न सक्ने उनले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *