अभियान नेपालको १७ औं वार्षिक साधारणसभा, पत्रकारसहित ज्येष्ठ नागरिक सम्मानित
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा मुख्य कार्यालय रहेको अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि को १७ औं वार्षिक साधारण शनिबार सम्पन्न गरेको छ । खुदुनाबारी स्थित न्युहोप बोडिङ अग्रेजी माविमा सम्पन्न साधारण सभामा पत्रकार तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार सागर गौतम र टीका पोख्रेललाई सम्मान गरिएको हो । उनीहरुलाई अकार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सदस्य टंक बरालले सम्मान पत्र प्रदान गरेका थिए । त्यसैगरी स्थानीय एवान एफका अध्यक्ष हरि विक्रम दुतपाउलाई पनि सम्मान गरिएको छ ।
सहकारीले १७ औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ सदस्यहरु बिष्णु नेपाल र पदमा ढुङ्गेल पनि सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले संघीयतामा मुलुक गएसँगै सहकारीमा चुनौती र अवसर दुवै भएको बताए । सहकारीले नाफा कमाउने मात्र नभई कला र सिप दिने खालका कार्यक्रम तय गर्नु पर्ने सुझाब दिए ।
कार्यक्रममा अर्जुनधारा नगर उप–प्रमुख खतिवडाले नगरमा ४६ वटा स्थापित सहकारी संस्थामा सबै बहुउद्देश्यीय कारोबार गर्ने तर निक्षेपमा आधारित सहकारी भएको बताइन । देशको अर्थतन्त्रको मुख्य हिस्सा सहकारी भएकोले यस क्षेत्रको विकासको लागि नगरपालिका सधैँ सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्ने समेत जानकारी दिइन् ।
सहकारी नगर सम्वन्य संघका अध्यक्ष प्रेम सागर सापकोटाले बदलिदो परिस्थितिमा समृद्धिमा अघि बढ्न हात पाखुरा बजाएर सहकारीकर्मीले काम गर्ने दिन आएको बताए । कृषि मन्डी, कोल्ड स्टोर र सब्जी भण्डार केन्द्र व्यवस्थापनका लागि स्थानीय सरकार सँग ज्ञापन पत्र बुझाएको बताए ।
संस्थाले आ.व. २०७४÷७५ मा कारोवार गर्ने क्रममा रु. २१ लाख ९५ हजार ७ सय ९२ रुपैंया ५५ पैसा मुनाफा गरेको छ । ४ सय ९५ जना शेयर सदस्य रहेको संस्थाको कुल सम्पत्ति ८ करोड २२ लाख ७० हजार ८ सय ३९ रुपैंया ९९ पैसा रहेको संस्थाका लेखापाल शिव राईले बताए ।
संस्थाको शेयर पूँजी ७२ लाख १२ हजार ५ सय रुपैया उनले जानकारी दिए । खुदुनाबारीको उत्कृष्ट सहकारीको रुपमा रहेको यस सहकारीले विगत लामो समय देखि खुदुनाबारी बजारमा भाडामा कार्यालय रहेको थियो । अहिले सो कार्यालय रहेको जग्गा तथा भवन समेत खरिद गरी उक्त आफ्ना शेयर सदस्यहरुलाई सेवा दिँदै आएको छ ।
सहकारीका अध्यक्ष लोकमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । लक्ष्मी इङनामले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा लेखा संयोजक जयप्रकाश भण्डारीले आन्तरीक लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाका व्यवस्थापनक हरि बाग्लेले वन्द सत्रमा संस्थाका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
Comments