वडाध्यक्ष च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा जयपुर विजयी
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा–११ स्थित महारानीगञ्च माविको पाङ्गणमा वडाअध्यक्ष च्यालेन्ज कप झापा जिल्ला स्तरीय मावि फुटबल प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पहिलो पटक हुन लागेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगिताको प्रदेश सासद बृख प्रधान र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् ।
उद्घाटन खेलमा आदर्श मावि जयपुरले बिजयी यात्रा सुरु गरेको छ भानु मावि फुलबारीलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै आदर्श मावि बिजयी यात्रा सुरु गरेको महारानीगञ्च माविका पूर्व अध्यक्ष लवकुश गौतमले जानकारी दिए ।
वडा नं. –११ खेलकुद विकास समितिका अध्यक्ष मोसेस खड्काको अध्यक्षता तथा सासद प्रधानकोे प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा बोल्दै प्रदेश–१ लाई खेलकुद विकासमा टेवा पु¥याउने उदेश्यले नयाँ ऐन व्यवस्था गरिएको र यसले निकै महत्व राख्ने बताए । खेलाडीका लागि आवाशीय, विमा व्यवस्था, पठनपाठनको व्यवस्था गर्नका लागि ऐन आएको महशुस भएको उनले जानकारी दिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले प्रतियोगिताले खेल क्षेत्रको विकाशमा महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘खेललेनै मानिसलाई अनुशासीत र एक सूत्रमा बाध्न सक्छ, सक्ने उनको भनाई रहेको थियो । प्रतियोगितामा ३४ वटा माविका टिम सहभागीता रहेको जनाइएको छ । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्वितीय हुनेलाई नगद १५ हजारसहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने सचिव अर्जुन लम्जेलले बताए । प्रतियोगिता २४ दिनसम्म सञ्चालन हुनेछ ।
स्थानीय खेल अनुशासन समितिका सदस्य किरण ओलीले स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मगरले गरेका थिए । कार्यक्रममा वडा–११ वडा अध्यक्ष भैरव खड्का, युवा संघ केन्द्रिय सदस्य प्रर्तुस राना, पूर्व सभासद भिष्म धिमाल, आदर्श माविका करुण कुमार पराजुली, बरिष्ठ फुटबल प्रशिक्षक आले लगायतको आतिथ्यता रहेको थियो ।
Comments