Sajhamanch Archive

यस्तो कदमले कसरी होला छाउपडी प्रथा अन्त्य

Published: (Updated: ) in विविधा by .

छाउप्रथाको अन्त्य गर्ने भन्दै काम गर्ने संघ संस्थाको नेपालमा कमी छैन । सुदूर र मध्यपश्चिममा रहेका छाउगोठ र त्यहाँको छाउपडीका कुरा बिकाउँदै पैसा बटुल्नेहरु प्रशस्त छन् ।

दूरका ग्रामीण अवस्थामा रहेको चलनलाई अन्त्य गर्ने भन्दै छलफल कार्यक्रम वा गोष्ठी काठमाडौंका तारे होटेलमा हुने गर्छन् । के यस्ता गतिविधिले ग्रामीण स्तरमा रहेको चलन वा प्रथाको अन्त्य होला त रु अहँ मलाई पटक्कै लाग्दैन यस्ता कार्यक्रमले छाउप्रथाको अन्त्य हुन्छ ।

समस्या भोग्ने महिला एकातिर राखेर अर्कोतिर सचेतनाका कार्यक्रम सञ्चालन गर्नाले समाधान हैन शंंकाको रुपले हेरिन्छ । कतै सुदूर र मध्यपश्चिमको छाउप्रथाको नाममा डलर पचाउने खेल त हैन रु नभए किन हजारौं संघसस्थालाई जम्मा गर्दै काठमाडौंमा यस्ता कार्यक्रम केन्द्रित हुन्छन् त रु एक पटक हैन पटक पटक यस्तै कार्यक्रम भएको देख्न र सुन्न सकिन्छ ।

हुन त अछाम, बझाङ ,बाजुरा, डोटीलगायत दूरका जिल्लामा पनि थुप्रै संघ संस्थाले काम गरिरहेका छन् । तर, परिणाम अहिलेसम्म उस्तै छ । किन वर्षौंसम्म पनि काम गर्दा यो चलनको अन्त्य हुन सकेन त रु यो विषयमा स्थानीयस्तरमै काम गर्ने संघसँस्थाले पनि केही बोल्ने आँट गर्दैन । समस्या एकातिर काम गर्ने तरिका अर्कोतिर भएर पो हो कि रु

६ जनाको परिवार बस्न २ कोठाको घर हुन्छ । उनीहरुलाई आफैं घरमा बस्न समस्या भइरहेको बेला महिनावारी भएकी चेलीलाई कहाँ राख्ने रु कुन घरको कुनामा राख्ने रु यो समस्या पनि बुझनुपर्ने हो कि यो क्षेत्रमा काम गर्नेहरुले ।

अर्को कुरा, छाउ भएको बेला खाना पकाउँदा, मन्दिरमा जाँदा, पूजा गर्दा केही फरक पर्दैन । भगवानका लक्ष्मीहरु के छाउ हुँदैनन् त भनेर महिला अधिकारकर्मीले सिकाउनु कत्तिको जायज कुरा हो रु कतै हामी यही सानो सानो कुरा नै बुझाउन सकिरहेका त छैनौं रु

म धेरै टाढाको कुरा गर्दिन मेरै गाउँमा पहिले घरमै बस्ने महिला हिजोआज बाहिर बस्ने गरेका छन्, किन रु साविकको षोडशादेवी गाविसको वडानम्बर ८ जो की छाउपडीगोठ मुक्त घोषणा भइसकेको छ । गाउँमा भएका छाउगोठ धमाधम भत्काउँदै गएपछि सानो घर हुनेहरु अहिले पनि छाउ हुँदा पाँल टागेर चिसा रातहरु बिताइरहेका छन् । यस्ता महिलाहरु किन पर्दैनन् यस्ता संघसंस्थाका आँखामा रु

कहाँनेर चुक्दैछन यो क्षेत्रमा काम गर्नेहरु रु मलाई राम्रोसँग थाहा छ सुदूरपश्चिमका ९ वटै जिल्लाको छाउप्रथाबारे मैलै आफैँले भोगेको कुरा पनि हो । म ठोकुवाको साथ भन्छु जुन तरिकाले अहिले छाउप्रथा विरुद्धका कार्यक्रमहरु भैरहेका छन्, यस्ता गतिविधिले यो प्रथाको अन्त्य हुँदैन ।

कुन कारणले यो प्रथाले ज्वरो गाडेको छ । यसको कारण नखोजी अर्बौं रुपैयाँ लगानी गरे पनि यसको अन्त्य हुँदैन । यो क्षेत्रमा अहिलेसम्म मात्र सुदूरपश्चिममा मात्रै कति रकम खर्च गरियो होला अनुमान गर्न पनि गाह्रो होला तर, समस्या जिउँको तिउँ नै ।

किन भयो यस्तो रु कहाँनेर चुकेका छन् यो क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मी र संघसँस्था रु यो क्षेत्रमा कार्यक्रम गर्नेहरुले कतै केन्द्रको राजधानी, प्रदेको राजधानी र जिल्लाको सदरमुकाममा मात्रै यस्ता कार्यक्रम सीमित त गरेनन्

वास्तवमा यस्ता कुराहरु कसलाई सिकाउन आवश्यक छ, कसलाई बुझाउन आवश्यक छ, यतातिर पनि सोच्ने हो कि रु

हालै काठमाडौंमा भएको एक कार्यक्रममा म पनि सहभागी थिएँ । काठमाडौंको दरबारमार्ग स्थित पाँचतारे होटेल याक एण्ड एतिमा महिनावारी सवास्थ्य व्यावस्थापनसम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन भयो ।

सम्मेलनका क्रममा होटेलको दोस्रो तलामा छाउगोठ राखिएको थियो । छाउगोठ हेर्दै फोटो खिच्नेको लहरै लागेको थियो । किन यस्तो गरिएको होला भन्ने मनमा अनेक कुराहरु दिनभरी खेलिरहे । मैले यो कुरा मनमा राख्न सकिन र सँगै बसेकोलाई सोधें किन छाउगोठ राखिएको हो

उनी पनि कुनै संस्थामा आबद्ध नै हुन सायद । पश्चिमतिर यति सानो गोठमा महिला महिनावारी भएको बेला बस्छन् भनेर विदेशीहरुलाई देखाउनको लागि राखिएको हो रु उनले भनिन् ।

यदि विदेशीहरुलाई यही छाउगोठ हेर्ने धोको भए किन जाँदैनन् त छाउगोठ भएकै ठाउँमा रु रहरै भएका र साँच्चिकै महिलाको पीडा हेर्न मन छ भने जाउन् न ती विदेशीहरु पनि सुदूरपश्चिममा । देखुन् न आफ्नै आँखाले पीडा । जो किउनीहरुलाई पनि देखेरै महसुस होस् पीडाको ।

२, ४ जना विदेशीलाई अंग्रेजी ठुटाउँदै ग्रामिणस्तरको पीडा देखाएर पैसा कमाउने उदेश्य नै हो मेरो भन्नु केही छैन । यदि साँच्चै यो चलनले यहाँका छोरीचेली पीडामा छन् भन्ने भित्रदेखि नै महसुस छ भने पाँचतारे होटेलमा अंग्रेजी बोल्नुको आवश्यकता छैन ।

महिला हिंसाको अर्को रुप मानिंदै आएको छाउप्रथाबारे हाम्रै नेपाल सरकारले नीति बनाएको छ । त्यही नीति कार्यन्यवनका लागि नेपाल सरकारसँगै हातेमालो गरेर अघि बढ्यो भने मात्रै पनि यो चलन सहजै तरिकाले अन्त्य हुन्छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *