झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने
Published: (Updated: )
by .बिर्तामोड । झापामा ब्यवसायिक कुखुरापालन गर्ने कृषकहरुले चिक्स होली डे घोषणा गरेका छन ।
नेपाल कुखुरापालक किसान संघ जिल्ला समिति झापाले आइतबार पत्रकार सम्मेलन गरी खोरमा चल्ला नहाल्ने घोषणा गरेको हो ।
संघकोे निर्णय अनुसार पुष १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरापालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका हुन् ।
नेपाल कुखुरापालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा ह्याचरी ब्यवसायीले मनोमानी ढंगले चल्लादेखि दानासम्मको मूल्य वढाएपछि कृषकहरु आन्दोलित वनेको बताएका छन् ।
ब्यावसायिक कुखुरापालन गरेर आय आर्जनको सपना बुनिरहेका झापाली कृषकहरु कुखुरावाट एकाएक घाटा व्यहोर्नुपर्ने परिस्थिति आइपरे पछि आन्दोलित बनेका हुन् ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय हुँदै स्थानीय तह समेतमा गुहार माग्न वाँकी नराखेको बताउँदै राज्यका कुनैपनि अंगले वास्ता नगरेको कृषकहरुको गुनासो छ ।
Comments