वीर गणेशमान सिंह स्मृति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उपाधि झापालीको पोल्टामा
Published: (Updated: )
by .मेचीनगर । वीर गणेशमान सिंह स्मृति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उपाधि झापाली टोलीले जितेको छ । विराटनगरस्थित शहिद मैदान रंगशालामा आयोजित प्रतियोगितामा झापा ८ स्वर्ण र ३ कास्य पदकसहित प्रदेश च्याम्पियन बनेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको झापाबाट पुरुषतर्फ ४९ केजी तौल समूहमा धर्मेन्द्र राई, ५२ केजीमा सुरेन्द्र राई, ६० केजीमा तेविन प्रधान, ६४ केजीमा अभिनय राई र ८१ केजीमा प्रोसिस रुचालले स्वर्ण पदक हात पारे । त्यस्तै, महिलातर्फ ५१ केजी तौल समूहमा अरुणा योङहाङ, ६० केजीमा पवित्रा धिमाल र ६४ केजीमा तिस्रा जवेगुले स्वर्ण पदक जितेका टोली प्रशिक्षक डम्बरबहादुर लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा प्रविन बयलकोटी र ६९ केजीमा प्रेम गुरुङ तथा महिलातर्फ ४५ केजीमा रोशनी लावतीले कास्य पदक प्राप्त गरेकी छन् । प्रदेश अन्र्तगतका विभिन्न जिल्लाका बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सुनसरी दोस्रो र मोरङ तेस्रो भएको छ । तीन दिवशीय उक्त प्रतियोगिताको उद्घाटन गणेशमान सिंह फाउण्डेशन केन्द्रीय समितिका अध्यक्ष प्रकाशमान सिंहले गरेका थिए ।
Comments