Sajhamanch Archive

सांसद वसन्त बानियाँको क्षेत्रमा केन्द्र सरकारबाट १ करोड रुपैयाँ बिनियोजन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । झापाको दक्षिणी भेगमा रहेको कचनकवल गाउँपालिका अन्तरगत बनियानी बजार व्यस्थापनका लागि नेपाल सरकारबाट १ करोडबजेट विनियोजन गरिएको छ ।

झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद वसन्त बानियाँको पहलमा एक महिना अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरिएको बजार व्यवस्थापनको प्रपोजललाई नेपाल संघीय सरकारले पास गरेको हो । उक्त रकमबाट बनियानीको बजार क्षेत्रमा रहेका टहरालाई व्यवस्थित रुपमा निर्माण गरिने र बजार विस्तार गर्दै लैजाने सांसद बानियाँले बताए । नेपाल सरकारको कृषि मन्त्रालय अन्तरगत बनियानी बजार दर्ता भएको छ । नेपाल सरकारको रेकर्डमा दर्ता भएका झापाका थोरै बजार मध्ये यो पनि एक हो । सांसद बानियाँले यस क्षेत्रलाई कृषि उपज संकलन केन्द्रको रुपमा समेत अघि बढाएर लैजाने बताए ।

बनियानी बजार झापाको पूर्वी दक्षिणी क्षेत्रकै केन्द्रको रुपमा रहे पनि व्यवस्थित हुन सकेको थिएन । बनियानीमा तिब्र शहरीकरण हुँदा पनि बजार व्यवस्थीत नहुँदा पसलहरु अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएका छन् । प्रत्येक हप्ता सोमबार र शुक्रबार हाट बजार लागे पनि हाल तिब्र शहरी करणको कारण बनियानीमा दैनिक बजार जत्तिकै उपभोक्ताको चहलपहल बढ्न थालेको छ । प्राप्त रकमबाट बजारलाई व्यवस्थीत बनाएर शहरीकरणमा बिकाश गरिने प्रदेशसभा सदस्य बानियाँले जानकारी दिए । सरकारबाट बजेट विनियोजन भएर बजार व्यवस्थित हुने भएपछि स्थानीय पनि हर्षित बनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *