Sajhamanch Archive

अभिभावकको पेसाले छोराछोरीको मनोविज्ञानलाई नकारात्मक असर गर्छ

Published: (Updated: ) in विविधा by .

हारवार्ड बिज्नेस रिभ्यु, स्टेवार्ट डी फ्रायडम्यान

वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ रु यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ ।

यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्यौं । २५ देखि ६३ वर्ष उमेरका ती व्यवसायीहरू विभिन्न व्यवसायमा संलग्न थिए । उक्त अध्ययनले जीवनका यी दुई महत्त्वपूर्ण पक्षहरू मित्र र शत्रु दुवै रहेको देखिएको छ ।
समाजमा पछिल्लो समय मानसिक स्वास्थबारे चासो बढिरहेको छ । यो सकारात्मक कुरा हो । यस्तोमा अभिभावकको करियरले बालबालिकाको मनोवैज्ञानिक जीवनलाई कसरी असर गर्छ भन्ने अध्ययनबाट निस्किएको निष्कर्षहरूलाई मनन गर्दा फाइदा नै हुन्छ ।

यस अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने हाम्रो अर्को अध्ययनलाई व्याख्या गर्न सहयोग गर्छ । साथै काममा हुने तनावले पारिवारिक जीवनमा हानिकारक असर गर्छ भन्ने तथ्यलाई पनि पुष्टि गर्छ ।

अभिभावकको रोजगारीले बालबालिकामा पर्ने असरबारेमा भएका अधिकांश अनुसन्धानले परिवारकी आमाले काम गरेको छ कि छैन भन्ने ख्याल गरेको हुन्छ रु त्यस्तै अभिभावकहरू पूरा समय काम गर्छन् कि पार्ट–टाइम काम गर्छन् भन्ने पनि खोजको विषय हुन्छ रु यी अध्ययनमा महत्त्व दिइने अन्य कुरामा अभिभावकले काममा खर्च गर्ने समय, बालबालिकाको जीवनको कुन अवधिमा अभिभावक रोजगार थिए भन्ने पर्छन् ।

हामीले उल्लेखित पक्षको अतिरिक्त केही महत्त्वपूर्ण पक्षलाई समेटेर हेर्यौं । हामी दुईले आफ्नो अनुसन्धानमा काममा अभिभावकको अनुभवलाई विशेष महत्त्व दियौं ।

त्यसका अतिरिक्त करियर र परिवारलाई अभिभावकले दिएको महत्त्व, कामको तनावले पारिवारिक जीवन गर्ने हस्तक्षेप ९अर्थात भौतिक रूपमा परिवारसँग बसेको बेला पनि कामबारे सोच्ने कार्य०, पेसामा भावनात्मक सहभागिताको मात्रा आदिलाई पनि हामीले अध्ययनमा समावेश गर्र्यौं । काममा समन्वयको वातावरण र काममा आफूले भनेको हुने आदि कुरालाई पनि अनुसन्धानमा ख्याल गरिएको थियो ।

वयस्कहरूको पेसागत जीवनका यी सबै पक्षहरूको तिनका बालबालिकाहरूको व्यवहारगत समस्यासँग सम्बन्ध भएको पाइयो ।

दुर्भाग्यबस बालबालिकाको मानसिक स्वाथ्यमा परिवारले पार्ने असरको अनुसन्धानमा आजको मितिसम्म अभिभावकको कार्यस्थलको अनुभव ९ काममा विताएको समय होइन० प्राथमिकतामा नै परेको छैन । यसलाई प्राथमिकता दिइनुपर्छ किनकि यो बालबालिकाको स्वास्थ्यमा असर पार्ने एक अर्को माध्यम हो ।

हामीले गरेको अनुसन्धानको मुख्य अंश तल प्रस्तुत छ ।

आमाबाबु दुवै रोजगार हुँदाको असर

हामीले बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य तब उच्च भएको पायौं जब बाबु र आमा दुवैले परिवारलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विश्वास गरेका थिए । यसमा तिनले काममा बिताएको समयको असर थिएन ।

अभिभावकले आफ्नो कामलाई चुनौतीपूर्ण, सिर्जनात्मक र आनन्दात्मक रूपमा लिँदा त्यसले बालबालिकाको मनोविज्ञानमा राम्रो गरेको पाइयो । यसमा पनि तिनले काममा दिने समयले केही फरक पारेको देखिएन ।

त्यस्तै हामीले बालबालिकाहरू तब बढी खुसी भएको देख्यौँ जब तिनका अभिभावक भौतिक रूपमा आफ्ना छोराछोरीसँगै हुन सक्थे ।

बाबुको रोजगार अनुभवको सन्तानमा असर

पिताहरूले अत्यधिक समय पेसाबारे सोचेर बिताउँदा बालबालिकामा भावनात्मक समस्या देखिने सम्भावना देखियो । यसमा पनि उनीहरूले लामो समय काम गरेको नगरेकाले भने फरक पारेको देखिएन ।

पिताले परिवारसँग समय बिताउँदा र आराम गर्दाको समयमा कामबारे सोच्दा पनि बालबालिकाको भावनात्मक र व्यवहारगत अवस्थामा नकारात्मक असर गरेको देखियो । अर्कोतर्फ आफ्नो कामबाट सन्तुष्ट पिताको छोराछोरीहरूमा तुलनात्मक रूपमा कम व्यवहारगत समस्या देखिए । यसमा पनि काममा खर्चिएको समयले भने असर नपारेको देखियो ।

आमा जागिरे भएको अवस्थामा

आमाको हकमा कार्यक्षेत्रमा कायम समझदार वातावरण र त्यहाँ तिनले भनेजस्तो हुने अवस्थाले बालबालिकामा राम्रो प्रभाव पार्ने देखियो । साथै आराम र आफ्नै स्याहारमा बढी समय खर्चने र घरको काममा कम समय दिने आमाका बालबालिकाहरूमा बढी सकारात्मक परिणाम देखियो ।

यो सकारात्मक असर आमाहरू घरमा हुने कि काममा भन्ने कुरामा होइन, तिनले कामबाहेकको समयमा घरमा कसरी समय बिताउँछन्, त्यसमा भर पर्ने पनि अनुसन्धानले देखायो ।

आमाहरूले आफ्नो स्याहारका लागि बालबालिकासँग नरहँदा पनि त्यसको कुनै नकारात्मक असर देखिएन । तर आमाहरू कामबाट फर्किएर घरको काममा व्यस्त हुँदा भने भने छोराछोरीहरू व्यवहारगत समस्याले घेरिने सम्भावना बढी देखियो ।

निष्कर्ष

हामीले यो अध्ययन सञ्चालन गरेदेखि आमा र बाबुका परम्परागत भूमिका निश्चित रूपले बदलाव आएको छ । तर पनि अझै महिलाले बालबालिकाको हेरचाह गर्ने र हुर्काउने जिम्मेवारीको ठूलो मनोवैज्ञानिक भार बोकिरहेकी छन् ।

हाम्रो अध्ययनले आमाले घरको अतिरिक्त काममा समय खर्चनुभन्दा आफ्नो स्याहारसुसारमा समय दिँदा तिनका बालबालिकाको हेरचाह गर्ने क्षमता बढेको देखियो ।

पिताहरूले छोराछोरीलाई तब मनोवैज्ञानिक रूपमा सकारात्मक असर गराएको पाइयो जब उनीहरू भौतिक रूपमा उपस्थित हुन सक्थे । साथै पिताले आफ्नो काममा दक्ष र सहज मानेको अवस्थामा बालबालिकाको मनोवैज्ञानिक स्वास्थमा सकारात्मक असर परेको देखियो ।

यो अध्ययनको सुसमाचार भनेकोे अभिभावकले आफ्ना कामकाजी जीवनका उल्लेख्खित पक्षहरूमा केही हदसम्म फेरबदल ल्याउन सक्छन् ।

हाम्रो अध्ययनको एक आश्चर्यजनक निष्कर्ष के रह्यो भने अभिभावकले आफ्ना छोराछोरीहरूसँग विताउने समयले बालबालिकाको मानसिक स्वास्थमा त्यति असर नगरेको देखियो ।

त्यसैले पेसाले आफ्ना छोराछोरीमा पर्ने प्रभावबारे हामी चासो दिन्छौँ भने हामीले हाम्रो पेसा र छोराछोरीमध्ये कसलाई महत्त्व दिइरहेका छौं भन्ने ख्याल गर्नुपर्छ । यो त्यति गाह्रो कुरा पनि होइन । साथै हामीले आफ्ना छोराछोरीसँग भौतिक र मनोवैज्ञानिक उपस्थित हुनका लागि केही सिर्जनशील तरिका अपनाउन गर्न सक्छौं । फेरि उपस्थिति धेरै समयका लागि हुनुपर्छ भन्ने पनि होइन । मुख्य कुरा उनीहरूसँग उपस्थित हुँदा हामी कति उनीहरूलाई ध्यान दिन्छौं भन्ने कुरामा निर्भर गर्छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *