Sajhamanch Archive

केन्द्रीयस्थरबाट विधान नआएपछि कांग्रेस बैठक रोकियो

Published: (Updated: ) in राजनीति by .

काठमाडौंमा । नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ ।

केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित भएर नआएकाले बैठक स्थगित भएको हो ।

विधान पारित गर्नका लागि केन्द्रीय समिति बैठक आज मंगलबार बिहान ८ बजे बस्ने भनिए पनि औपचारिक रुपमा अझै सुरु हुन सकेको छैन ।

महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेपछि बैठक स्थगित भएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए ।

केन्द्रीय समितिबाट विधान पारित भएर आएपछिमात्र बैठक सुचारु हुनेछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय समिति बैठक अनौपचारिक रुपमा बसिरहेको र अहिले ब्रेकमात्रै लिइएको बताएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *