Sajhamanch Archive

पर्सामा नेपाल प्रहरीमाथि भारतीय तस्करको आक्रमण

Published: in समाज by .

काठमाडौं । पर्सामा भारतीय तस्कर र नेपाली तस्करले प्रहरीमाथि आक्रमण गरि हतियार लुटेका छन् ।

पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुर प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई गएराति कुटपिट गर्दै हतियार लुटेका हुन् ।

सीमावर्ती नेपाली गाउँ पाडेपुरबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रदेश नम्बर २ का डीआईजी हरि पालले जानकारी दिए ।

पालले भने,‘‘प्रहरी थोरै संख्यामा भएको बेला आक्रमण भएको रहेछ । उनीहरुले प्रहरीको थ्री नट थ्री पनि लगेका रहेछन् । हतियार फेला परिसक्यो ।’’

डीआईजी पालले घटनामा संलग्नहरुको पहिचान भइसकेको र पाडेपुरमा प्रहरी अपरेसन सुरु गरिएको बताए ।

‘‘घटनास्थलमा प्रहरी टोली गएको छ । पाडेपुरमा पुरुषहरु कोही छैनन् । सबैले राति नै गाउँ छाडेको देखिन्छ,’’ उनले भने ।

तस्करहरूको आक्रमणबाट सहायक निरीक्षक यादव लगायत हवल्दार प्रेम बहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी घाइते भएका छन् । गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *