Sajhamanch Archive

आज सुनचाँदीको भाउ घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो ।

मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *