Sajhamanch Archive

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

Published: in मिडियाबाट साभार by .

काठमाडौँ ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय तहमा चुनाव लड्ने राजनीतिक दलले चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा बनाएका थिए ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मानोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् ।

जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *