Sajhamanch Archive

५८ लाख एमआरपी बाँडियो : ७० लाख पुगेपछि ई–पासपोर्ट

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिनले पढ्न सक्ने पासपोर्ट ९एमआरपी० वितरण सुरु गरेको आउँदो साता ८ वर्ष पूरा हुँदैछ ।

२०७६ पुस ११ गतेबाट एमआरपी जारी गर्न सुरु गरेको विभागले यो ८ वर्षको अवधिमा साढे ५७ लाख एमआरपी जारी गरिसकेको छ ।

यो अवधिमा विभागले प्रति वर्ष औषतमा ७ लाख भन्दा बढी पासपोर्ट जारी गरेको देखिन्छ ।

“विभागले हालसम्म ५७ लाख ४९ हजार एमआरपी जारी गरेको छ,” राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बाह्रखरीलाई जानकारी दिए, “अब हामीसँग जारी गर्न बाँकी १२ लाख ५१ हजार प्रति एमआरपी छन् ।”

बम बम बम
महानिर्देशक खड्काअनुसार बाँकी रहेका पासपोर्ट जारी भएपछि ई–पासपोर्टमा जाने तयारी सुरु भैसकेको छ ।

अहिले ई–पासपोर्टको अध्ययनको लागि विभिन्न प्राविधिक समिति गठन गरी तीनले काम गरिरहेका छन् । सरकारले विभागलाई ई–पासपोर्टमा जान अनुमति दिइसकेको छ ।

“हामीसँग भएका पासपोर्ट जारी गरिसक्दा ई–पासपोर्ट जारी गर्न हामी तयार हुन्छौं,” उनले भने ।

एमआरपी जारी गर्न सुरु गरेको वर्ष २०६७–०६८ मा एक लाख ९३ हजार ७ सय ६२ जारी भएका थिए ।

त्यसको अर्को वर्ष २०६८–०६९ मा यो संख्या बढेर ४ लाख १७ हजार ५ सय ३२ पुगेको थियो ।

विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९–७० मा कूल ५ लाख ८७ हजार ९ सय ८३ एमआरपी जारी गरिएका थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ० को प्रावधानअनुसार नेपालले हस्तलिखित पासपोर्ट बन्द गरी ८ वर्षअघि एमआरपी जारी गर्न सुरु गरेको थियो ।

आर्थिक वर्ष २०७०–०७१ मा १० लाख ५० हजार ७ सय ३९ नेपालीले एमआरपी लिएका थिए । विभागले सबैभन्दा ठूलो संख्यामा एमआरपी आर्थिक वर्ष २०७१–०७२ मा जारी गरेको थियो । उक्त वर्ष कूल १३ लाख ३६ हजार ८ सय ३८ एमआरपी जारी भएको देखिन्छ ।

विभागले आर्थिक वर्ष २०७२–०७३ मा ८ लाख ७० हजार ३ सय ४६ एमआरपी, २०७३–०७४ मा ५ लाख ५७ हजार १ सय ८८ एमआरपी र २०७४–०७५ मा ५ लाख ३१ हजार ६ सय ३३ एमआरपी जारी गरेको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विभागले २ लाख २ हजार ९ सय ७९ एमआरपी जारी गरिसकेको छ ।

राहदानी विभाग, सम्पूर्ण जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले पासपोर्ट जारी गर्दै आएका छन् ।

सबैभन्दा बढी एमआरपी जिल्ला प्रशासन कार्यालयहरुबाट जारी हुने गरेको छ । हालसम्म जारी भएकामध्ये आधाभन्दा बढी एमआरपी जिल्ला प्रशासन कार्यालयबाट जारी भएका छन् ।

विदेशस्थित नियोगबाट यो अवधिमा ७ लाखको हाराहारीमा एमआरपी जारी भएका छन् भने राहदानी विभागले मात्र २२ लाखभन्दा बढी एमआरपी जारी गरेको देखिन्छ । पछिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा मात्र राहदानी जारी गरी विभागले २ अर्ब भन्दा बढी राजस्व संकलन गरेको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *