Sajhamanch Archive

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु

Published: in राष्ट्रिय समाचार by .

मोरङ । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिहीबार विराटनगरमा सुरु भएको छ ।

७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागी छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गरेको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट पे्ररित रहेकोले त्यस्ता प्रवृत्तिलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।

आफू पूर्ण प्रेसमैत्री बन्ने प्रयास गरेको बताएका मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेट वक्तव्य जारी गर्दादेखि नै प्रेसमैत्री भएर काम गरेको स्पष्ट पार्नुभयो ।

१ नम्बर प्रदेशले प्रेसप्रति गरेको सकारात्मक प्रभाव अन्य प्रदेशमा पनि देखिएकोले अप्रत्यक्ष रुपमा ६ वटै प्रदेशलाई दबाब सिर्जना गरेको दावी मुख्यमन्त्री राईको छ ।

कतिपय मिडियाहरुले व्यक्तिगत विषयलाई मुद्दा बनाएको प्रति भने उहाँले असन्तुष्टि जनाउनु भयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारको बचाउ गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली प्रेस मैत्री नभएको भन्ने भएका टिकाटिप्पणीप्रति बचाउ गर्दै प्रधानमन्त्री ओली १४ बर्ष जेल बसेर आएको व्यक्ति भएकोले प्रेसमा अंकुश लगाउँछन् भन्ने बिषयमा डर नमान्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दावी गर्दै नराम्रा कामको प्रमाणसहित आलोचना गर्न सुझाउनुभयो ।

कतिपय स–साना कुरामा पनि पत्रकारले कोकोहोलो मच्चाएको उहाँले आरोप थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *