Sajhamanch Archive

प्रेसमैत्री’बन्दै प्रदेश सरकार

Published: in प्रदेश तह by .

विराटनगर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रेसमैत्री बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ बिहीबारदेखि विराटनगरमा सुरु भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रदेश सरकार प्रेसमैत्री रहेको र यसको महत्वलाई प्रदेश र संघीय सरकारले पनि नभुल्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ अब आफ्ना अधिकारका विषयमामात्रै सीमित नभइ नागरिकका मुद्दाहरुलाईसमेत प्राथमिकता दिएर अघि बढ्ने बताए ।

सम्मेलनमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरु, केन्द्रीय पदाधिकारी र प्रतिष्ठान अध्यक्षहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा व्यावसायिक पत्रकारिताका लागि सदस्यता शुद्धीकरण, प्रेसको समस्या र आगामी रणनीतिलगायतका विषयमा छलफल हुुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *