काठमाडौंमा लेपास्सिएर पाकेट मारिदिने यस्ता सुन्दरीहरू
Published: (Updated: )
by .काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेट मारिदिने युवतीहरूले प्रहरीमा अचम्म लाग्दा बयान दिएका छन् ।
सवारी साधनमा लेपास्सिएर युवकसँग बसिदिने, यौनिक आकर्षणमा पारिदिने र पाकेट मार्ने युवतीको समूहका चार जनालाई प्रहरीले बयान लिएको थियो ।
उनीहरूले भनेका छन्,‘काठमाडौंमा बस्नका लागि, बाँच्नका लागि ठगी नै सबैभन्दा उचित उपाय देखियो । जागिर पाइएन ।’
चिटिक्क परेर सवारीमा चढ्ने, अलिक मालदारजस्ता देखिनेको छेउमा बस्ने, टाँसिने र पाकेट मारिदिने गरेको उनीहरूको बयानमा उल्लेख छ । महानगरीय प्रहरी परिसरले पक्राउ गरेका ७७ पाकेटमारमा चार जना यस्ता युवती फेला परेका थिए ।
प्रहरी भन्छ,‘सार्वजनिक सवारीमा चढ्ने, केटा भएको सिटमा गएर बस्ने र मीठो बोली र व्यवहारले लठ्ठ बनाएर लुट्ने गरेको अनुसन्धानमा फेला परेको छ ।’
राम्रो मेकअप गरी चिटिक्क पर्ने, राम्रो लुगा लगाउने, यौनिक आकर्षणमा ध्यान दिने यी सुन्दरीहरूको पाकेटमार धन्दामा दैनिक १० हजार देखि एक लाखसम्म आम्दानी हुने गरेको प्रहरीमा दिएको बयानमा उल्लेख छ ।
चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा युवती सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।
पाकेटमारीमा संलग्न यी युवतीले एसएलसीचाहीँ पास गरेका छैनन् । ‘राम्रो रोजगारी नपाएपछि पाकेटमारीमा लागेको र विभिन्न उपाय अपनाएर काम गरिरहेको बयान दिएका छन्’, प्रहरीले भन्यो ।
प्रहरीले राम्री युवती देख्नासाथ नजिक भएर बस्ने लेपास्सिने नगर्नका लागि पनि सुझाव दिएको छ ।
दैनिक नेपालबाट ।
Comments