Sajhamanch Archive

पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै पूर्वगभर्नर तिलक रावलविरुद्ध मुद्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्व गभर्नर डा. तिकलबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

रावलसँगै अख्तियारले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रावल पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । सोही अवधिमा राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा भ्रष्टाचार गरेको आरोप रावलमाथि लगाइएको छ । अख्तियारले रावललाई ९१ लाख बढी बिगो दाबी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *